गण्डकी प्रदेश सभाको पहिलो बैठक, दुई अध्यादेश पेस

पाेखरा | पुस १८, २०७९

गण्डकी प्रदेश सभाको पहिलो बैठक, दुई अध्यादेश पेस

पोखरा:   गण्डकी प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक सम्पन्न भएको छ । आज )सोमबार) दोस्रो कार्यकालको पहिलो बैठकमा दुई अध्यादेश  पेस भएको छ।


बैठकमा कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले  ‘गण्डकी प्रदेशको निजामती सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ र ‘स्थानीय सेवाको गठन, सञ्चालन र सेवाको शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको अध्यादेश’ संसदमा पेस गरेका गरेका हुन् । अध्यादेश पेस भएसँगै  बैठक स्थगित भएको हो ।  अर्को बैठक पुस २९ गते बस्ने छ ।


गण्डकी प्रदेश सरकारले अघिल्लो संसद बैठक अन्त्य भइसकेपछि प्रदेश निजामति तथा स्थानीय सेवा सम्बन्धी अध्यादेश गत असोज ७ गते जारी गरेको थियो ।

पोखरा: तनहुँ जिल्ला ढकाल समाज प्रतिष्ठानको पाचौं साधारण सभा तथा दोस्रो अधिवेशनले नारायण ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको छ ।      समाजको उपाध्यक्षमा महेशराज ढकाल,...

थप पढ्नुहोस्

पोखरा:   राष्ट्रिय खेलाडी सम्मिलित रामघाट फुटबल क्लबले प्रथम दोभान कपको उपाधि जितेको छ ।   दोभान क्लबको आयोजनामा रुपा गाउँपालिका ६ देउरालीमा शनिबार भएको फाइनल खेलमा रामघाटले न्युस्टार ...

थप पढ्नुहोस्

पोखरा:  नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश आयोजनामा भएको गण्डकीका ११ वटै जिल्लाका अध्यक्ष, सचिव र कोषाध्यक्षको भेलाले १० बुँदे पोखरा घोषणापत्र जारी गरेको छ ।   महासंघ प्रेस तथा अभिव्यक्ति स्...

थप पढ्नुहोस्